सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कञ्चनपुर । सुतिरहेका बेला हात्तीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरस्थितभीमदत्त नगरपालिका-१४, बनकट्टी स्याउलेमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणमा परेर ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कञ्चनपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले घर भत्काएर आक्रमण गरेको थियो। गम्भीर घाइते भएकी उनीलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। तर, उपचारका क्रममा पौने ५ बजे उनको मृत्यु भएको थियो प्रहरीले जनाएको छ।
निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमण हरेक वर्ष मानविय क्षति निम्त्याउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले स्थानीयहरुलाई वन्यजन्तुबाट सतर्क रहन र जोखिमयुक्त क्षेत्र नजिक रातको समयमा सुरक्षा अपनाउन आग्रह गरेको छ।