अब तयार लाइसेन्सबारे जानकारी ‘हेल्लो यातायात विभाग’ फेसबुक पेजमार्फत

शुक्रबार, मंसिर ५, २०८२
honor २२ sept

काठमाडौँ ।यातायात व्यवस्था विभागले अब छपाइ सम्पन्न भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)हरूको सूची आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने भएको छ।

X7D

बिहीबार सूचना जारी गर्दै विभागले सुरक्षण मुद्रण केन्द्रबाट तयार भई विभागमा आएको लाइसेन्सको विवरण ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिने जनाएको हो।

पहिले अनलाइन फारम स्वीकृत भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुपर्ने जानकारी एसएमएसमार्फत पठाइँदै आएको थियो। तर हालैको जेनजी आन्दोलनका क्रममा उक्त सूचना प्रणाली बिग्रिएपछि वैकल्पिक रूपमा फेसबुकमार्फत विवरण सार्वजनिक गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

फेसबुकमा आफ्नो नाम समावेश भएको देखिएका सेवा–ग्राहीलाई सक्कल राजस्व रसिद र पुरानो लाइसेन्स लिएर विभागमा उपस्थित हुन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्