घुससहित पक्राउ परेका बाँके जिल्ला अदालतका नायब सुब्बाविरुद्ध मुद्दा दायर

बुधबार, मंसिर ३, २०८२
Honor 600 pro

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नायब सुब्बा राम प्रसाद धमलामाथि १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

बैनाबट्टा सम्बन्धी एक मुद्दाको फैसलाको प्रतिलिपि लिन आएका सेवाग्राहीसँग धमलाले रकम माग गरेको भन्ने उजुरी प्राप्त भएपछि आयोगले निगरानी र अनुसन्धान थालेको थियो।नेपालगञ्जस्थित आयोगको सम्पर्क कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामै उनलाई रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।

आरोपपत्रमा धमलाले लिएको रकमलाई बिगोका रूपमा कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय तथा जरिवानाको माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्