एनपीएल: चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हरायो

मंगलबार, मंसिर २, २०८२
honor mob  winter sales

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग–(एनपीएल) मा शानदार सुरुवात गरेको छ। रबि बोपाराको अर्धशतक र सैफ अली जैबको आक्रमक ब्याटिङको मद्दतमा चितवनले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै पहिलो खेलमै जित दर्ता गर्‍यो। १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

चितवनका बोपाराले ३५ बलमा ५१ रन, ओपनर दीपक बोहराले ४२ रन र सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ उतरेको कर्णालीले ३ विकेटमा १६६ रन बनाएको थियो। भारतीय ओपनर पान्चलले ४८ बलमा ७ चौका र ६ छक्कासहित प्रभावशाली इनिङ खेल्दै डाउडसँग ६१ र मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए। पवन सर्राफले अन्त्यतिर अविजित २७ रन थपे।

एनपीएलमा कर्णालीविरुद्ध चितवनको यो पहिलो जीत हो। पहिलो संस्करणमा दुवै भेटमा कर्णाली नै विजयी भएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्