अपडेट: अगैया नजिक बसको ठक्करबाट गम्भीर घाइते भएका कृष्ण घर्तीको उपचारका क्रममा मृत्यु

सोमबार, मंसिर १, २०८२
Honor 600 pro

बाँके । अपडेट: बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम्  राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख नं. को बसले कोहलपुरबाट दाङतर्फ जाँदै गरेको भे १३ प ११८३ नं.को मोटरसाइकललाई राप्ती सोनारी गाउँपालिका-१ स्थित अगैया नजिक सडकमा ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका कन्चनपुर घर भएका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा आज बिहान पौने ९ ब्जे मृत्यु भएको जिल्ला  ट्राफिक प्रहरी कार्यालयले बाँकेले जानकारी दिएको छ। 

ठक्कर दिने बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके  र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्