फ्लडलाइटमुनि नेपालमै पहिलोपटक क्रिकेट: एनपीएलको दोस्रो संस्करण आजदेखि

सोमबार, मंसिर १, २०८२
honor mob  winter sales

काठमाडौं । नेपाली क्रिकेटले आजदेखि इतिहासको नयाँ पाना पल्टाउन लागेको छ। पहिलोपटक नेपालमै फ्लडलाइटमुनि क्रिकेट खेलिनेछ र दर्शकका लागि प्याराफिटमा बसेर रातमै खेल हेर्न सकिने वातावरण बनेको छ। धेरै वर्षदेखि राखिएको चाहनालाई क्यानले आखिर पूरा गर्न सफल भएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरू हुँदै गर्दा खेलाडीदेखि क्यानका पदाधिकारी र सर्वसाधारण समर्थक सबै यो क्षणका साक्षी बन्न तयारी अवस्थामा छन्। पहिलो संस्करणमा सबै खेल दिनमै सीमित भए पनि यसपटक निर्धारण गरिएका ३२ खेलमध्ये २३ वटा डे–नाइट हुनेछन्।

आइतबारमात्रै क्यानले फ्लडलाइट र प्यारापिट स्थायी रूपमा हस्तान्तरण पाएको हो। अब गत संस्करणको विजेता जनकपुर बोल्ट्स सोमबार काठमान्डु गोर्खाजसँग भिड्दै नयाँ बत्तीको उज्यालोमै उपाधि रक्षा अभियान सुरू गर्नेछ।

यसपटक पनि लिगमा कुल आठ फ्रेन्चाइज टोली सहभागी छन्।  जसमा जनकपुर बोल्ट्स,सुदूरपश्चिम रोयल्स,कर्णाली याक्स,चितवन राइनोज,काठमान्डु गोर्खाज, विराटनगर किङ्स,पोखरा एभेन्जर्स रलुम्बिनी लायन्स भिड्दैछन् ।

फ्लडलाइटसहितको यो संस्करण नेपाली क्रिकेटका लागि माइलस्टोन सावित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्