अगैया नजिकको बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

सोमबार, मंसिर १, २०८२
honor २२ sept

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम् राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

X7D

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख नं. को बसले कोहलपुरबाट दाङतर्फ जाँदै गरेको भे १३ प ११८३ नं.को मोटरसाइकललाई राप्ती सोनारी गाउँपालिका-१ स्थित अगैया नजिक ठक्कर दिएको थियो।

बसको ठक्करबाट कन्चनपुर घर भएका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्री गम्भीर घाइते भएको ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ। ट्राफिक प्रहरीले कृष्णलाई उद्धार गरेर कोहलपुर अस्पतालमा लिएर उपचार जारी रहेको जनाएको छ।

ठक्कर दिने बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके  र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बस र चालकलाई नियन्त्रण लिएपछि उक्त बसमा सवार सबै यात्रुहरुलाई अर्को बसबाट सुर्खेत पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्