Dashain Banner
Dashain Banner

एनपीएलको सबै तयारी पूरा,विजेताले पाउनेछन् १ करोड १० लाख रुपैयाँ

शनिबार, कात्तिक २९, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को सबै तयारी पूरा भएको छ। दोस्रो संस्करणको एनपीएल नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आयोजना गरेको हो ।

सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो।

यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।

एनपीएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्