Dashain Banner
Dashain Banner

वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या

शुक्रबार, कात्तिक २८, २०८२

जनकपुर । धनुषाम नगरपालिकाका वडाध्यक्षलाई गोली हानेर हत्या गरिएको छ। धनुषास्थित मिथिलाबिहारी नगरपालिका- ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 

वडाध्यक्ष यादवमाथि आज साँझ अज्ञात समूहले  गोली हानेर हत्या गरेको मिथिलाबिहारीका मेयर राजेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् ।

गोली प्रहार घटनापछि त्यहाँका स्थानीयहरुके वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगेपनि चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले  जानकारी दिएको छ। 

मिथिलाबिहारी नगरपललिकामा यादव  स्वतन्त्र उम्मेदवारबाट वडाध्यक्षमा विजयी बनेका थिए । धनुषा प्रहरीले गोली हान्ने अपराधीको खोजीकार्य तिब्र पार्दै चौतर्फी खोजतलास सुरु गरेको जनाएको छ भने एक जनालाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्