सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपाल्गन्ज बजार नजिक ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार आइतबार साँझ भन्सारतर्फबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्यांकरले ठक्कर दिँदा नेपालगन्ज -२२ का १४ वर्षीय बालक कमलेश पासीको घटनास्थलमै मृत्यु भएको हो।
तिब्र गतिमा आएको उक्त ट्यांकरले साइकलमा रुपइडिहाबाट घरतर्फ आउँदै कमलेशलाई नेपालगन्ज-१६ चौलिका चोकमा ठक्कर दिएको डीएसपी पातलीले जानकारी दिएका छन् । कमलेश नेपालगन्ज-२२ स्थित श्री आधारभुत विद्यालयमा ५ कक्षामा अध्ययनरत थिए।
ठक्कर दिने ट्यांकर र चालक सुरेश गिरीलाई पक्राउ गरि हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए।