सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्तीसोनारी अस्पतालमा पहिलोपटक आँखाको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया ( अपरेसन) गरिएको छ ।
३ दिनसम्म चलेको निःशुल्क शिविरमा १ सय ९३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिएका छन् ।
लामो समयदेखि आर्थिक समस्याका कारण दुख पाउँदै आएका नागरिकका लागि यो शिविरले ठूलो राहत दिएको अध्यक्ष पौडेलले बताए । नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिकाले शिविर आयोजना गरेको थियो ।
गाउँपालिकाका अनुसार कार्तिक १० गतेदेखि गाउँपालिकाका सबै ९ वडामा गरिएको निःशुल्क आँखा जाँच तथा छनोट शिविरबाट छनौट भएका बिरामीहरूको शल्यक्रिया सुरु गरिएको थियो । शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट डा. रेखा पुन, डा. नम्रता र विदेशी विशेषज्ञ डा. ओराक सहितको टोली खटिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ।