धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

शनिबार, कात्तिक १५, २०८२

काठमाडौं ।  काठमाडौंका लागि धनगढीबाटउडेको श्री एअरको जहाज भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। 

जहाजमा  प्राविधिक समस्या देखिएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएकोश्री एयरले जनाएको छ। धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरु विमानस्थलमा रहेका छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान आउँदैछ ।

अवतरण गर्ने क्रममा विमानको अगाडिको  ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्