नेपालगञ्ज-गुलरिया सडकको खजुरामा ४ लेनको पक्की पुल निर्माण हुँदै

बिहीबार, कात्तिक १३, २०८२
honor २२ sept

बाँके- नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत  खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ ।

X7D

छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । 

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो । 

एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग  निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए ।

हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने  भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ । रासस।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्