रुपन्देहीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुधबार, कात्तिक १२, २०८२
honor २२ sept

काठमाडौं । सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ४ जना घाइते भएका छन् । 

X7D

प्रहरीका अनुसार रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। रुपन्देहीस्थित कन्चन गाउँपालिका-५ फायरलाइनमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी दुर्घटना हुँदा गाडीमा सवार सैनामैना नगरपालिका-८ का ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा ४ चार घाइतेको उपचार जारी रहेको बताइएको छ।

त्यसैगरी रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका-४ डिंगानगर सडकमा लु४२ प ३५४१ नम्बरको मोटरसाइकलको ठक्करबाट कपिलवस्तुक बुद्धभूमि नगरपालिका-३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे थप आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताइएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्