पर्यटकको उद्धारमा गएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

बुधबार, कात्तिक १२, २०८२
honor २२ sept

काठमाडौं । पर्यटकको उद्धारका लागि गएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ।

X7D

आज बिहान सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सोलुखुम्बु प्रहरीका अनुसार सगरमाथा आधार शिविर नजिकै लोबुचेमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो। प्रहरीले दिएको जानकारी अनुसार हेलिकप्टरका पाइलट विवेक खड्काको उद्धार गरिएको छ। 

हेलिकप्टरमा पाइलट मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। उक्त हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्