बाँकेमा जंगली जनावरको आक्रमणमा ४० वर्षीय खत्रीको मृत्यु

शनिबार, कात्तिक ८, २०८२
honor २२ sept

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा जंगली जनावरको आक्रमणमा एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी-९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्र बहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो। 

X7D

४० वर्षीय खत्री शुक्रबार अपराह्न २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए । 

अबेर साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि जङ्गलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए ।उनका अनुसार प्रहरीसहित स्थानीयवासीको टोलीले जङ्गलमा खत्रीलाई खोज्ने क्रममा आज विहान रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । 

उक्त ठाउँ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ  । घटनाको प्रकृति हेर्दा खत्रीलाई बाघले नै आक्रमण गरेको हुन सक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । तर, यकिन भने भएको छैन । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्