विपीन जोशीको अन्तिम संस्कार,सशस्त्र प्रहरीले दियो सलामी

मंगलबार, कात्तिक ४, २०८२
Honor 600 pro

महेन्द्रनगर । महाकाली नदीको किनारमा आज विपीन जोशीको दाहसंस्कार गरिएको छ।सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु(याइएको थियो।

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो।

विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।  

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए।

दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो।

हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका छन् । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्