विमानस्थल नजिक स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलबार, कात्तिक ४, २०८२
honor २२ sept

काठमाडौं । एअरपोर्ट नजिक स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चितवनस्थित भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिक आज एकाबिहानै स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

X7D

चितवन प्रहरीले दिएको जानकारी अनुसार आज बिहान २ बजे बा प्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँएर दुर्घटना हुँदा भरतपुर-२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही स्थानका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकको उपचारका क्रममा भरतपुर अस्पतालमा साढे २ बजे  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुबै मृतकको शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखेको छ भने घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्