टी-२० विश्वकप छनौट : सुपर सिक्सम आज नेपाल र युएई भिड्दै

आइतबार, असोज २६, २०८२
honor २२ sept

काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ।

समूह 'बी' को अन्तिम खेलमा नेपालले शुक्रबार जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।

सुपर सिक्सको पहिलो खेलमा आज दिउँसो सवा ४ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्। सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओ सँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्