सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालसहित ९ देश सहभागी रहेको यस छनोट प्रतिस्पर्धाको खेल आज राति ८:४५ बजे सुरु हुनेछ। नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ नेपालले कुवेत र जापानसँग खेल्नुपर्नेछ। नेपालले आफ्नो दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ, जुन जापान र नेपालबीचको पहिलो भेट हुनेछ।
यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन्।
वेष्ट इन्डिजविरुद्ध टी-२० श्रृंखला जितेर नेपालले मनोबल उच्च बनाएको छ ।