बाढी-पहिरोमा परेर हालसम्म ४९ जनाको मृत्यु

आइतबार, असोज १९, २०८२
honor २२ sept

काठमाडौं । दुई दिनको निरन्तर वर्षाका कारण आएको बाढी- पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारी  अनुसार, देशभरमा बाढी-पहिरोमा परेर मृत्यु हुबेको संख्या ४९ पुगेको हो भने यो विवरण आज दिउँसो साढे १ बजेसम्म संकलन गरिएको हो ।

मृतकमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्