बडादशैँ: आज पनि टीका र आशीर्वाद लिने क्रम जारी

शुक्रबार, असोज १७, २०८२
honor २२ sept

काठमाडौँ। बडादशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने बताएको छ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ।

त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ-जाउ गर्नेहरूको चहलपहल जारी रहेको छ। कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडा दशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्