अर्घाखाँची जीप दुर्घटना:२ जनाको मृत्यु हुँदा २४ घाइते

सोमबार, असोज १३, २०८२
Honor 600 pro

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क–ढोरपाटन सडक खण्डअन्तर्गत सन्धिखर्क–९ टारीमा आज बिहान एक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले दिएको जानकारीअनुसार, बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिसीले बताए।

 

दुर्घटनामा ज्यान गुमाउनेहरूमा गुल्मी, मदाने गाउँपालिका–६, पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७, नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।

घाइते भएका २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको अहिले अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि एक जना घाइतेलाई भने बुटवल ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्