दाङ आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना,३ जनाको मृत्यु

आइतबार, असोज १२, २०८२
Honor 600 pro

दाङ। रुकुम पश्चिमबाट दाङको घोराही आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोलामगाडी लु २ ख ६५०२ नम्बरको फोर्स दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी रहेका छन् ।

उक्त फोर्स गाडी आज बिहान ४ बजे सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेर रुकुमकै बाफीकोट गाउँपालिका-५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन् । 

घाइते दुवैलाई थप उपचारका लागि तुलसीपुर अस्पतालबाट आज बिहान ६ बजे बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त गाडी गए राति १० बजे प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गर्दा गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार रहेका थिए।

दुर्घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्वमा परेका कारण उद्दार कार्य तत्काल सम्भव हुन सफल भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्