आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्दै

शनिबार, भदौ २८, २०८२
Honor

नेपालगन्ज । जेन(जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने भएको छ ।

भदौ २४ गते अपरान्ह आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको कर्मचारीले भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए ।

तत्काललाई टिनको टहरामुनी अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए । अहिले केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने शर्माले जानकारी दिए ।  यसैबीच स्वास्थ्य सेवा भने सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए । 

आगजनीपछि क्षतिग्रस्त बाँकेका अन्य एक दर्जन बढी सरकारी कार्यालय भने अझै सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्