नरैनापुर गाउँपालिका र ६ नम्बर वडामा आगजनी

बुधबार, भदौ २५, २०८२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा पनि आगजनी भएको छ। प्रदर्शनमामंगलबार नरैनापुर गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको गाउँपालिकाका लेखा अधिकृत भरत बस्ननेतले बताए।

Honor x7 pad

बस्नेतका अनुसार आगलागीबाट नरैनापुर गाउँपालिकामा पुरै ध्वस्त भएको छ। त्यसैगरि वडा नम्बर ६ को कार्यालयमा आज मात्रै आगजनी भएको छ। आज वडा कार्यालय जलाउने कुनै अर्को अज्ञात समूह रहेको बताइएको छ। ६ नम्बरमा लगाइएको आगो नियन्त्रणमा बाहिर गएको बताइएको छ।

उक्त समूहले वडा नम्बर ६ का वडाध्यक्षको घर जलाउने प्रयास गरेपनि सफल नभएको बस्नेतले बताए। आज मात्रै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ,लेखा अधिकृत लगायत कर्मचारीलाई समेत आक्रमणको प्रयास भएको गाउँपालिकाले जानकारी दिएको छ।

अहिले सुरक्षाकर्मी त्यस क्षेत्र जाँदै गरेको बताइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्