कपिलवस्तु कारागारबाट ४७० कैदी भागे

बुधबार, भदौ २५, २०८२
Honor

काठमाडौं । कपिलवस्तुस्थित जिल्ला कारागारका कैदीबन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी ४ सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे ।

कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले बताए । दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।
कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जलेका र भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्