Dashain Banner
Dashain Banner

नरैनापुर र जानकी गाउँपालिकामा भोलि सार्वजनिक बिदा

बिहीबार, भदौ १९, २०८२

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफाको जन्मदिनको अवसरमा भोलि  सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गरी १५ सयौं जन्मजयन्तीका अवसरमा बिदा दिने जानकारी गराएका हुन्।

यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानले पनि विज्ञप्ति प्रकाशित गर्दै पालिकामा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।

मुस्लिम समुदायले हरेक वर्ष इस्लामी पात्रो हिजरी संवतको रब्बीअव्वल महिनाको १२ गते हजरत मोहम्मदको जन्मजयन्ती विभिन्न धार्मिक कार्यक्रमसहित मनाउने गर्छन्। यस अवसरमा नाअत शरिफ वाचन, मिलादुननबी, उनका उपदेश स्मरण र सचित्र चरित्र वाचन गरिन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्