जानकीको नहरचोकमा अज्ञात सवारीसाधनको ठक्करबाट एक बालकको मृत्यु

आइतबार, भदौ १५, २०८२

नेपालगन्ज । बाँकेमा नम्बर अज्ञात  सवारीसाधनको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  

Honor x7 pad

जानकी गाउँपालिका-४ नहरचोकमा अज्ञात सवारीसाधनले ठक्कर दिदा ९ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गए राति स्थानीय  शुभ प्रसाद सोनीको ९ वर्षीय छोरा सुमर कुमार सोनीलाई नम्बर नखुलेको अज्ञात सवारीसाधनले ठक्कर दिएको थियो।  गम्भीर घाइते भएका सुमरको सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेज नेपालगन्जमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हाल फरार उक्त सवारीसाधन र चालकको प्रहरीले खोजीकार्य तीब्र पारेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्