मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु,३ घाइतेमा दुईको अवस्था गम्भीर

सोमबार, भदौ २, २०८२

काठमाडौं । एकाबिहानै मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकमा आज बिहान गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा सिराहाको जन्दह-४ घर भएका २९ वर्षीय भोला थापा  र  करिब ३५ वर्षका पहिचान नखुलेका युवक मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार आज बिहान पौने २ बजे भएको दुर्घटनाम गम्भीर घाइते भएका थापा र पहिचान नखुलेका ती युवकको उपचारका क्रममा बिहान सवा २ बजे मृत्यु भएको हो।

त्यसैगरी गोरखाको आरुपोखरी घर भई हाल बूढानीलकण्ठ-८ बस्दै आएका २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको टिचिङ अस्पताल उपचार जारी रहेको प्रहरीले जानकारी दिएकोछ । यसैगरी दुर्घटनामा ३० र ३२ वर्षीय युवक घाइते भएका छन् । उनीहरुको अवस्थामा गम्भीर रहेको छ।  टाउकोमा चोट लागेका उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रहरीले अहिले मृतक र घाइतेहरुका आफन्तको खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्