सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी। बाँके क्षेत्र नम्बर १ मा नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न भएको छ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता तथा कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशनमा पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री प्रकाश शर्माको अध्यक्षतामा प्रतिनिधि सभा संघिय कार्य समिति चयन गरिएको हो।
राप्तीसोनारीमा आज आयोजित प्रथम अधिवेशनबाट नेपाल लोकतान्त्रिक खेलकुद संघ प्रतिनिधि सभा क्षेत्र नं.१ मा शर्माको अध्यक्षता, प्रदेश सभा 'क' मा अरुण कुमार यादव र राप्तीसोनारी गाउँपालिकामा तेक्वान्दो संघ बांकेका जिल्ला सचिव जंगबिर चौधरीको अध्यक्षता कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अध्यक्ष पौडेल,सभापति केसीले कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै क्षेत्र नं.१ लाई खेलकुदमय बनाउनु पर्ने बताएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं.राप्तीसोनारीका पूर्व अध्यक्ष लाहुराम थारु, महासमिति सदस्य महावीर वली, निवर्तमान क्षेत्रीय सभापति माधव राम खत्री, राप्तीसोनारी गाउँपालिकाका सभापति भिम राना ,नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँकेका अध्यक्ष बदरुदिन अन्सारी,युवा नेता दिपु पाण्डे लगायत नेता कर्यकर्ताको उपस्थिति रहेको थियो।