Dashain Banner
Dashain Banner

विपन्न आवास कार्यक्रमका लागि मापदण्ड भित्र पर्नेलाई निवेदन पेश गर्न राप्तीसोनारीको अनुरोध

आइतबार, साउन २५, २०८२

राप्तीसोनारी। बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रमका लागि लाभग्राहीमा सहभागिताका लागि निवेदन पेश गर्न अनुरोध गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै विपन्न आवास कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय कार्यक्रम निर्देशक समितिको निर्णय बमोजिम चालु आर्थिक वर्ष ०८२-८३ का लागि मापदण्ड भित्र पर्ने विपन्न व्यक्तिहरुले १५ दिन भित्र पुष्टयाई हुने कागजात सहित निवेदन पेश गर्न आग्रह गरेको हो।

मापदण्ड भित्र पर्ने विपन्न व्यक्तिहरुले गाउँ कार्यपालिकाको कार्यालयमा लाभग्राहीमा सहभागिताका लागि निवेदन पेश गर्न निम्न लिखित शर्त रहेका छन् ।

१. यस राप्ती सोनारी गाउँपालिका भित्र बसोबास गर्ने नेपाली नागरिक हुनु पर्ने।

२. आवाससंग सम्बन्धित कुनै पनि कार्यक्रमबाट लाभ प्राप्त नगरेको हुनु पर्ने।

३. सार्वजनिक, सरकारी, नदि किनार संरक्षण तथा वन क्षेत्र भात्र बसोबास नगरेको हुनुपर्ने।

४. जग्गाको स्वामित्व भएको वा स्वामित्व पाउन सक्ने प्रकृतिको जग्गा भएको हुनु पर्ने ।

५. विपन्न अपाङ्गता असहाय सिमान्तकृत अल्पसंख्यक वा दलित जातिमा सूचिकृत भएको हुनु पर्ने।

६. स्वंय वा एकाघरको परिवारको सदस्यको नाममा अन्यत्र पक्की वा बस्न योग्य घर नभएको हुनु पर्ने।

७. लागत अनुमानको अधिकतम १५% साझेदारी गर्न इच्छुक रहेको हुनु पर्ने

८. वडा कार्यालयको सिफारिस संलग्न भएको हुनु पर्ने।

९. घरमुली सहितको घरको फोटो संलग्न गर्नु पर्ने।

१०. निवेदकले आफ्नो वडा भित्रको टोल समेत खुलाउनु पर्नेछ।

यस्तो छ सूचना -

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्