सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सुर्खेत । तीजको नाच हेर्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-८ का २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाहीलाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार शुक्रबार राति तीजको अवसरमा भएको नाचगान हेरेर फर्किँदै गर्दा उनीहरूले सामूहिक ती बालिकालाई सामूहिक बलात्कार गरेको जाहेरीमा आधारमा शनिबार बेलुका पक्राउ गरिएको हो।
तीज नाचबाट ती बालिका साथीहरूसँग घर फर्कँदै गर्दै जंगलनजिक पुगेपछि ती दुई युवकहरुले लखेटेर ढुंगा हानेका थिए। ती युवतीसहित सबै साथीहरु भाग्ने क्रममा ती युवकहरुले हानेको ढुङ्गा लागेर लडेपछि पालैपालो बलात्कार गरेको बयानमा उल्लेख भएको प्रहरीले जानकारी दिएको छ।
भागेर गाउँ पुगेका ती बालिकाका साथीहरुले गाउँलेहरुलाई घटनाबारे जानकारी गराए पश्चात् बालिकाका अभिभावक र स्थानीयहरु घटनास्थल पुगेर बालिकाको उद्धार गरेका थिए। युवतीको उद्धार गरे लगत्तै स्थानीय र अभिभावकले प्रहरीलाई खबर गरेका हुन् ।
ती दुई युवकले गाउँलेहरु आएपछि अचेत रहेकी ती बालिकालाई त्यही सडक किनारमा छोडेर भागेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।
दैलेख प्रहरीले पक्राउ परेका दुई युवकसँग थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ भने बालिकाको उपचार भइरहेको बताइएको छ।