सप्तकोशीमा पानीको बहाव बढेपछि २८ वटा ढोका खोलियो

आइतबार, साउन २५, २०८२
Honor 600 pro

सुनसरी। लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। शनिबार राति ९ बजे गरिएको मापनअनुसार, कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४३० क्युसेक पुगेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २८ वटा खोलिएका छन्। जब पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघ्छ, तब खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। अहिले पनि सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

थापाले हालसम्म पूर्वी तटबन्धमा कुनै पनि क्षति नभएको जानकारी दिएका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण जलसतह बढेको हो।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्