सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कपिलवस्तु । कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीले जनैपूर्णिमाको अवसरमा हातमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन् ।
आज जनैपूणिर्मा पर्वका अवसरमा दिदीबहिनी र दाजुभाइबीचको प्रेम र स्नेहको प्रतिकका रुपमा कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट राखी बाँधेर सामुहिक रुपमा रक्षाबन्धन मनाएको कपिलवस्तु कारागार प्रशान्तले जानकारी दिएको छ ।
तराई क्षेत्रमा विशेष महत्व दिएर मनाईने पर्व भएकोले आज कपिलवस्तु कारागारमा रहेका कैदीबन्दी दाजुभाइ र उनीहरुका दिदीबहिनीबीचको मिलनको पल अत्यन्तै प्रतिक्षित रहेको थियो ।
कारागारमै रक्षाबन्धनको अवसर पाउँदा कैदीबन्दीहरु हर्षित भएका हुन् । हाल उक्त कारागारमा ४५१ पुरुष कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ।