कैलाली कारागारमा झडप, एकजनाको मृत्यु,४७ घाइते

शनिबार, साउन २४, २०८२

कैलाली । कैलाली जिल्ला कारागारमा झडप भएको छ। झडपका क्रममा एक जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको बताइएको छ।

Honor x7 pad

गए राति ११ बजे भएको झडपमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रम सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

४७ जना घाइतेहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उक्त घटनामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

कैलाली कारागारम बिहीबार पनि झडप हुँदा ५ जना घाइते भएका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्