सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल्र रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष र अर्का एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको आरोपम अख्तियारले अध्यक्ष जनार्दन यादव र उक्त रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा सिद्धार्थनगर नगरपालिका-९ का विपिन कुमार पाण्डे मार्फत लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको थियो।
अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको जानकारी दिएको छ।