सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
धनगढी । कैलालीको चिसापानी नजिक लम्कीमा सुदूरपश्चिम् सरकारका दुई मन्त्री सवार जिप एकआपसमा ठोक्किएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार ल्जिप एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएकोब्छ।
चिसापानीमा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा आज दिउँसो से१ झ ३३० र बा२ झ १४१९ नम्बरका दुई मन्त्रीका जिप एकआपसमा ठोक्किएका थिए।
कैलाली प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षेति नभए पनि ठक्करबाट मन्त्री हिरासिंह सवार बा२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने मन्त्री सुरेन्द्र पाल सवार से१ झ ३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको हो।
प्रहरीले दुर्घटनाका कारण बारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।