जंगली च्याउ खाएर दिदी-भाइको मृत्यु,आमा र छोरीको उपचार जारी

बुधबार, साउन ७, २०८२
Honor 600 pro

दाङ ।  जंगली च्याउ खाएर दिदि- भाइको मृत्यु भएको छ। जंगली च्याउ खाएर रुकुम पूर्वको भुमे गाउँपालिका-५ सेराबाङकी ७ बर्षीया भाग्यरेखा बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार राति पौने १२ बजेतिर उपचारका क्रममा भाग्यरेखाको मृत्यु भएको हो । साउन ५ गते दिउँसो मात्रै भाग्य रेखाका ३ बर्षीय भाइ योजन बिकको सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

च्याउ खाएका मध्य उनीहरुकी आमा ३५ बर्षीया रामकुमारी सुनारको दाङमा उपचार जारी छ । रामकुमारीकी जेठी छोरी ९ बर्षीया आयुषा बिकको भने रुकुम पश्चिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

साउन २ गते आमा रामकुमारीले स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ घरमा ल्याइ चार आमा छोरा छोरीले खाएका थिए । च्याउ खाएपछि विस्तारै उनीहरुमा स्वास्थ्य समस्या देखिन थालेको थियो । सुरुमा वास्ता नगरेका उनीहरु बिस्तारै शिथिल हुँदै गएपछि तीन दिन पछि मात्रै साउन ५ गते मात्रै अस्पताल पुर्‍याइएको थियो ।

जतिखेर उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको थियो ।रुकुम पूर्वमा उपचार संभव नभएपछि रकुम पश्चिम र त्यहाँ पनि संभव नभएपछि सल्यान हुँदै दाङमा ल्याइ उपचारको प्रयास गरिएको थियो ।

जंगली च्याउ खाँदा बिरामी परेका चार आमा छोरा छोरी मध्य दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्