ब्याक हुँदै गरेको गाडीले किचेर दाङका एक युवकको मृत्यु

आइतबार, साउन ४, २०८२
Honor 600 pro

तुलसीपुर । दाङको देउखुरीमा आफ्नै गाडी ब्याक भएर किँच्दा एक युवकको मृत्यु भएको छ। 

दाङ प्रहरीका अनुसार लमही नगरपालिका-५ सुनखोली का २१ वर्षीय राजेश कुमार बानियाको आज बिहान गाडीले किचेर मृत्यु भएको हो ।

बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ।

गाडीले किँच्दा गम्भीर घाइते भएका बानियाँलाई तत्काल लमही अस्पताल पुर्‍याएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको दाङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्