Dashain Banner
Dashain Banner

राप्तीसोनारीमा वार्षिक कार्य तथा प्रगतिको समिक्षा

शुक्रबार, साउन २, २०८२

नेपालगन्ज । आर्थिक वर्ष २०८१-०८२ का योजना तथा कार्यक्रम लगायतका बारेमा राप्तीसोनारी गाउँपालिकाले वार्षिक समिक्षा कार्यक्रम गरेको छ।

बिहीबार गाउँपालिका परिसरमा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा आ.व.०८१-०८२ मा गरिएका काम तथा सेवाका बारेमा समिक्षा गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुखहरुले आ-आफ्नो शाखाबाट गरिएको कार्यको समिक्षा गरेका थिए। 

समिक्षा कार्यक्रममा अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, आर्थिक प्रशासन शाखाका प्रमुख गौरव कुमार लामिछाने ,जिन्सी शाखा प्रमुख रोशन कुमार वली लगायत विभिन्न शाखा प्रमुखको उपस्थिति रहेको थियो।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्