सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा गोपाल प्रसाद अधिकारी चयन भएका छन् ।
गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौंको २०८२ असार २४ गतेको निर्णय अनुसार अधिकारी अध्यक्षमा चयन भएका हुन् । राजनीतिक, सामाजिक एवम् धार्मिक ब्यक्तित्व अधिकारी यस अघि सचिवको भूमिकामा थिए ।
नवगठित समितिको सचिवमा ओम प्रकाश आजाद, कोषाध्यक्ष मधुसुदन रिजाल तथा सदस्यमा उमा थापा मगर र सुनिल सिंह हमाल चयन भएका छन् । गुठी संस्थान नियमावली अनुसार मन्दिर रहेको वडाका वडा अध्यक्ष पदेन सदस्य रहनेछन् भने मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख सदस्य सचिव तथा जिल्ला प्रशासन कार्यालयले ताकेको अधिकृत पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
बागेश्वरी गुठीको अध्यक्ष चयन भएपछि मिनेटखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले विगतमा ८ बर्ष सचिवको भूमिकामा बसेर काम गरेका अनुभव आफ्ना लागि विशेष मार्गदर्शन रहेन बताए । 'बागेश्वरी मन्दिरमा सुधार गर्नुपर्ने थुप्रै विषय छन्,' अधिकारीले भने-'आहा बागेश्वरी बनाउने लक्ष्यसहित नयाँ टिम लाग्छ, फरक महसुस हुने गरी व्यवस्थित बनाउने अभियानमा हामी जुट्छौं, यसमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ ।'
अधिकारी नेपाली कांग्रेस बाँकेका उपसभापति पनि हुन् ।