Dashain Banner
Dashain Banner

मेयर रामपुकार साह १ लाख घुससहित पक्राउ

बुधबार, असार ३२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेबाट निर्वाचित भएका एक जना नगरपालिकाका नगर प्रमुख (मेयर)लाई घुससहित रङ्गेहात पक्राउ गरेको छ। 

अख्तियारले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार मेयर साहले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।

मेयर साहलाई कल्याणपुर नगरपालिका परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा आज दिउँसो पक्राउ गरेर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयतर्फ लगिएको अख्तियारले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्