सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
तुलसीपुर । दाङमा दुई फरक घटनामा एकैदिन चार जना किशोरको मृत्यु भएको छ ।सोमबार दिउँसो तुलसीपुर उपमहानगरपालिका- ६ का १८ बर्षीय कुशल बुढामगर र तुलसीपुर- ७ का १७ बर्षीय बिधान केसीको बबई नदीमा डुबेर मृत्यु भएको थियो ।
बबई गाउँपालिका -५ स्थित पुरन्धारा छहरामा घुम्नका लागि साथीहरुसंगै गएका मध्य बिद्यान नुहाउन भनेर पहिले छहरा नजिकैको बबई नदीमा पसेका थिए ।
प्रहरीका अनुसार नदीले उनलाई बगाएपछि साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । तर, दुभाग्य कुशललाई पनि नदीले बगाएर बेपत्ता पारेको थियो । उनीहरुको शब बेलुकी पख मात्रै बगेको ठाउँ भन्दा केही दक्षिणमा प्रहरीले फेला पारेको थियो ।
त्यस्तै घोराहीमा सोमबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भयो । गढवा गाउँपालिका-८ घर भइ घोराही उपमहानगरपालिका-१७ भैंसाहीमा बस्दै आएका १७ बर्षीय रोहित बिक र १६ बर्षीय निशान बिकको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले उनीहरु सवार रा ७ प ३२७० नम्बरको मोटरासइकल घोराही- ३ स्थित सिस्ने खोलामा खसेको थियो ।
घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा मोटरसाइकलसहित खसेका गम्भीर अवस्थाका दुबै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।चिकित्सकले चेकजाँच गर्दा दुबै जनालाई मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ।