सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन । जसमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
आज बिहान काठमाडौंबाट दाङ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा दुर्घटना भएको हो।
बसमा सवार ३० जनामा २९ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये सामान्य घाइते भएका २५ जनाको चन्द्रौटामा र ४ जनाको बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका दाङको तुलसीपुर -१२ का आधार गौतमलाई बुटवल रिफर गरिएको हो।
घाइतेहरुको नामावली -
सामान्य घाइते
१- रुकुम पश्चिम आठबिसकोट नगरपालिका-८ ज्यामिरेका २८ वर्षीय मोतिलाल एरी २-सोलुखुम्बु सोताङ गाउँपालिका-३ का २१ वर्षीय कोसिस गौतम ३-सल्यानका १९ वर्षीया अनिता चलाउने ४- घोराही-१८ का ५२ वर्षीया सचिला नेपाली ५-अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ६० वर्षीया टुककुमारी श्रेष्ठ ६-सल्यान बागचोर-१० बस्ने २५ वर्षीय चित्रप्रसाद धिताल ७-रोल्पा परिवर्तन गाउँपालिका-३ ३१ वर्षीय ओमप्रकाश खड्का ८- दाङको राप्ती गाउँपलिका-४ का २८ वर्षीया रुपा चौधरी ९-रोल्पा गंगादेव गाउँपालिका-३ बस्ने ३९ वर्षीय हेमराज वली १०-पर्वतक मादी गाउँपालिका-३ का ३९ वर्षीय खड्क ब.पुन ११-सल्यानको छत्रेश्वरी गाउँपालिका-१ बस्ने ४३ वर्षीय भीमबहादुर बिक १२-सल्यानको बागचौर नगरपालिका-४ बस्ने ४० वर्षीय ईन्द्र ब.बिक १३-दाङको तुलसीपुर-११ बस्ने २१ वर्षीय ललित शर्मा १४-रोल्पाको गंगादेव गाउँपालिका-३ बस्ने ३१ वर्षीय सन्दिप वली १५-डढेल्धुराको आलीताल गाउँपालिका-४ का २२ वर्षीय बिशाल बोहोरा १६-दाङको दंगिशरण गाउँपालिका-२ बस्ने २४ वर्षीया शर्मिला नेपाली १७- सल्यानको छत्रेश्वरी गाउँपालिका-३ बस्ने ४२ वर्षीया रस्मी बोहोरा १८- दाङको घोराही-११ बस्ने ३९ वर्षीय बेद बहादुर वली १९- दाङको घोराही-१ बस्ने ३० वर्षीय महेन्द्र दराई २०-दाङको तुलसीपुर-१२ बस्ने ४० वर्षीय धनराज गौतम २१- दाङको तुलसीपुर -१२ का आधार गौतम २२-दाङको घोराही-११ बस्ने ३५ वर्षीय सिता बस्नेत २३-सल्यानको बागचौर-१० बस्ने ३७ वर्षीय निशा केसी २४- बागचौर-११ बस्ने २२ वर्षीय सन्तोष शर्मा २५-दाङको बबई गाउँपालिका-६ बस्ने ३३ वर्षीय रमेश सुनार २६- दाङको तुल्सीपुर-११ बस्ने ३७ वर्षीय लेखराज पाण्डे
गम्भीर घाइते- बुटवलमा उपचाररत
१-सल्यानको बागचौर-१० बस्ने ७७ वर्षीया देबी बुढाथोकी २-सल्यानको सारदा नगरपालिका-१२ बस्ने ५६ वर्षीय मोहनलाल बुढाथोकी ३-दाङक तुलसीपुर-११ बस्ने ३५ वर्षीय श्रीधर अधिकारी