सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटना ६ जना घाइते भएका छन् ।
आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेमा जीप चालक डिलासैनी गाउँपालिका- १ नगराउ २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उद्धार गरी पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएकामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेमा डिलासैनी गाउँपालिकावडा नं १ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्रबहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, दुई वर्षीया एलिशा खत्री र २५ वर्षीय हेमन्तप्रसाद भट्ट छन् ।
उनीहरुमध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
डीएसपी जोराका अनुसार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नं ६ को खिपाली मोडमा आज बिहान करिब ६ बजे सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको हो ।
जीप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।