रसुवामा बाढी: २२ जना सम्पर्कविहीन

मंगलबार, असार २४, २०८२
Honor 600 pro

रसुवा । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेकामध्ये नौ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीका कारण सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित स्थानमा रहेको पुष्टि भएको छ, तर अन्य १५ जना अझै सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले यो जानकारी दिएका हुन्।

हराएका र फसेका व्यक्तिहरूको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

तर, प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ। हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्