केही प्रदेशमा चट्याङसहित भारी वर्षा

सोमबार, असार २३, २०८२

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Honor x7 pad

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यस्तै, देशको उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना यथावत् रहनेछ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्