Dashain Banner
Dashain Banner

जानकी गाउँपालिकाले दियो खजुरा खुर्द प्रहरीलाई विपद् उद्धारका सामग्री

बिहीबार, असार १९, २०८२

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले दैवी प्रकोप विपद् उद्धारका सामग्री हस्तान्तरण गरेको छ । जानकी गाउँपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाले इलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेलाई दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, प्रवक्ता टिकानाथ यादवले संयुक्तरुपमा इलाका प्रहरी कार्यालय खजुराखुर्दका इन्चार्ज प्रहरी नायव निरीक्षक खगेन्द्र श्रेष्ठलाई दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय खजुराखुर्दलाई गैँती २ थान, गमबुट ५ जोडी, रेनकोट ७ थान, स्टील बाल्टी ३ थान र वाटर लाइफ ज्याकेट ३ थान लगायतका दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको कार्यक्रम वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख राजेन्द्र वाजपेयीले सन्चालन गरेका थिए । आजै स्थानीय आपतकालीन कार्य सन्चालन केन्द्रको समेत गाउँपालिका अध्यक्ष खाँले उद्धघाटन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्