नेपालगन्ज उपमहानगरका कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम

मंगलबार, असार १७, २०८२

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले प्राविधिक कर्मचारी तथा वडा सचिवका लागि एक दिने योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम दिएको छ ।

Honor x5c

मंगलबार नेपालगन्ज उपमहानगरपालिका कार्यालय योजना शाखाका सबै प्राविधिक कर्मचारी, वडा सचिव, सहायक कर्मचारी (पाँचौं) का लागि एक दिने तालिम आयोजना गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको कागजको प्रयोगलाई क्रमशः घटाउँदै लैजाने नीति अनुरुप यो अभिमुखीकरण गरिएको बर्माको भनाई छ ।

प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन योजना व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान गरिएको बर्माले बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले तालिम उद्घाटन गरेका थिए । तालिम उद्घाटन गर्दै शर्माले कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि गर्न तालिम सहयोगी हुने बताए । प्रविधिमैत्री सेवा प्रवाह अहिलेको आवश्यकता रहेको भन्दै उनले सेवाग्राहीको सहजताका लागि कर्मचारी प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । 

तालिममा टिकाराम दाहाल र विवेक गदाइलीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापन योजना शाखा प्रमुख तेजेन्द्र रोकायले गरेका थिए भने भौतिक पूर्वाधार शाखा प्रमुख भुपेन्द्र बोहराले तालिमको पृष्ठपोषणसहित आफ्नो भनाई राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्